नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने टोली गाउँगाउँमा
नुवाकोट । नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न विवरण संकलन गर्ने टोलीहरु टोल टोलमा पुगेको छ ।
सर्वसाधारणको सुविधाका लागि नुवाकोटमा पहिलो पटक राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन भएको छ । नुवाकोटको १२ ओटा स्थानीय तहका ८८ वटै वडाबाट पूर्ण विवरण संकलन गर्न टोली खटिएको हो ।
गत जेठ १२ गतेबाट सुरु भएको बिवरण संकलन अभियान म्यागङ गाउँपालिकाबाट सुरु भई दुप्चेश्वर, किस्पाङ र तारकेश्वरमा समाप्त सकिएको छ भने सूर्यगढी र लिखु गाउँपालिकामा अभियान संचालन भईरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विदुरमा सबै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गरेपछि टोली पालिकास्तरमा पुगेको हो ।
हालसम्म नुवाकोटमा ४४ हजारभन्दा बढीको विवरण संकलन भइसकेको छ । वि.स २०७७ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन परेका एक हजार चारसय ८१ जनाको हाल परिचयपत्र बनेर आएको छ ।
नुवाकोटमा २०७७ साल असार ३१ देखि एउटा स्टेशनबाट बिवरण संकलन सुरु गरिएकोमा सेवाग्राहीको चाप बढ्दै गएपछि २०७९माघबाट ३ वटा स्टेशनमा विवरण संकलन गर्ने काम भईरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया