नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने टोली गाउँगाउँमा

नुवाकोट । नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न विवरण संकलन गर्ने टोलीहरु टोल टोलमा पुगेको छ ।
सर्वसाधारणको सुविधाका लागि नुवाकोटमा पहिलो पटक राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन भएको छ । नुवाकोटको १२ ओटा स्थानीय तहका ८८ वटै वडाबाट पूर्ण विवरण संकलन गर्न टोली खटिएको हो ।
गत जेठ १२ गतेबाट सुरु भएको बिवरण संकलन अभियान म्यागङ गाउँपालिकाबाट सुरु भई दुप्चेश्वर, किस्पाङ र तारकेश्वरमा समाप्त सकिएको छ भने सूर्यगढी र लिखु गाउँपालिकामा अभियान संचालन भईरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विदुरमा सबै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गरेपछि टोली पालिकास्तरमा पुगेको हो ।
हालसम्म नुवाकोटमा ४४ हजारभन्दा बढीको विवरण संकलन भइसकेको छ । वि.स २०७७ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन परेका एक हजार चारसय ८१ जनाको हाल परिचयपत्र बनेर आएको छ ।
नुवाकोटमा २०७७ साल असार ३१ देखि एउटा स्टेशनबाट बिवरण संकलन सुरु गरिएकोमा सेवाग्राहीको चाप बढ्दै गएपछि २०७९माघबाट ३ वटा स्टेशनमा विवरण संकलन गर्ने काम भईरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया