दोस्रो खेलमा रोयल क्रिकेट ईन्डोर क्लब विजयी

विदुर खबर २०७५ भदौ ३१ गते १२:०८

Advertisement

नुवाकोट भाद्र ३१ ,नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको ३ खेलको मैत्रीपुर्ण प्रतियोगिताको आइतबार भएको दोस्रो खेलमा रोयल क्रिकेट ईन्डोरले जित हात पारेको छ ।

दोस्रो खेलमा नुवाकोट क्रिकेट संघलाई ३ विकेटले हराउदै रोयलले खेल जितेको हो । जितसगै मैत्रीपुर्ण सिरिज १÷१ को अवस्थामा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले २० ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनायो । नुवाकोटको तर्फबाट कुशल नेपालीले २३ रन र शितल रिमाल ले १८ रन बनाएका थिए । बलिङतर्फ रोयल क्रिकेट ईन्डोरका अभियान बस्नेत र लाभ ज.ब.राणाले समान २÷२ विकेट लिए । ९५ रनको बिजयी लक्ष्य सहित उत्रिएको रोयल क्रिकेट ईन्डोर १८.२ ओभरमा ७ विकेट गुमाउँदै बिजयी लक्ष्य हासिल गर्यो ।

Advertisement

रोयलका तर्फबाट शुभ ज.ब.राणाले २२ रन र अभियान बस्नेत र बिजय चन्दले १५÷१५ रन बनाए । बलिङतर्फ नुवाकोटका सुमित कुवर र मौसम दाहालले समान ३÷३ विकेट लिए । खेलमा २ विकेट र १५ रन बनाएका रोयल क्रिकेट ईन्डोरका अभियान बस्नेत म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको अन्तिम तथा निर्यायक खेल भोलि बिहान ७ बजे श्रीनाथ गणको खेलमैदान सिचाईमा हुनेछ ।

प्रतिक्रिया