राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको क्षेत्रिय समितिका सदस्यले सपथ लिए

विदुर खबर २०८० साउन ६ गते ८:४८

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको दुबै क्षेत्रका क्षेत्रिय निर्वाचन समितिका सदस्यहरुले सपथ लिएका छन् ।

Advertisement

शुक्रवार पार्टी कार्यालय बट्टारमा एक कार्यक्रमको आयोजना गरि जिल्ला सभापति रामेश्वर गजुरेलले उनीहरुलाई सपथ खुवाएका हुन् ।

सपथग्रहण कार्यक्रममा नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रिय निर्वाचन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

सपथ लिनेहरुमा नुवाकोट क्षेत्र नम्बर १ बाट यदुमान लामा, राजकुमार बस्नेत र
मुरारी पोखरेल रहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ बाट उसनमान श्रेष्ठ, सुबास भण्डारी, दिलबहादुर शाक्य र सुचिता जोशी रहेका छन् ।

Advertisement

केही महिना अघि आन्तरिक निर्वाचन प्रक्रियाबाट क्षेत्रयि निर्वाचन समितिका पदाधिकारीहरु निर्वाचित भएका थिए ।

यिनै पदाधिकारीहरुबाट पछि क्षेत्रिय सभापति चयन गरिने रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।

 

प्रतिक्रिया