सुर्यगढी गाउँपालिकाको अब आफ्नै एम्बुलेन्स
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट जनतालाई सेवा दिने भएको छ ।
गाउँपालिकाले ठेक्का प्रक्रियाबाट एम्बुलेन्स खरिद गरि सेवा दिने प्रक्रिया शुरु गरेको हो । नेपाल सरकारबाट राजश्व छुट भएको सो एम्बुलेन्सको सेवा छिट्टै शुरु गर्ने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।
आईतवार गाउँपालिकाका अध्यष सन्तवहादुर घलेले एम्बुलेन्स प्राप्त भएसँगै पालिकाले आवश्यक मापदण्ड पुरा गरेर केही दिनमै सेवा संचालन गर्ने विदुर खबरलाई जानकारी दिए । नागरिकलाई सेवा दिन एम्बुलेन्स खरिद गरी ल्याएको अध्यक्ष घलेले बताए । उनले गाउँपालिका भित्रका नागरिक बिरामी हुँदा नियमित सेवा दिने समेत जानकारी दिए ।
‘जनतालाई दुःख थियो । कोही बिरामी भए सदरमुकाम विदुरबाट एम्बुलेन्स झिकाउनुपर्थ्यो ’, उनले भने, ‘अब गाउँपालिकामै एम्बुलेन्स सुविधा उपलब्ध हुनेछ ।’
यसअघि गाउँपालिकामा एम्बुलेन्स नहुँदा अध्यक्ष घलेले अघिल्लो कार्यकालमा आफ्नो गाडीलाई विरामी बोक्ने तथा आफु स्कुटरमा हिँड्ने गरेका थिए ।
सुर्यगढी गाउँपालिकामा एम्बुलेन्स आइपुगेको भन्दै स्थानियहरुले समेत खुशी व्यक्त गरेका छन् । पालिकाले केही समय लगाएर भएपनि आफ्नै आफ्नै एम्बुलेन्स सचालनमा ल्याएको भन्दै नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सचिव बासु लम्सालले खुशी व्यत्त गरे ।
उनले पालिकाले सुविधा सम्पन्न एम्वुलेस खरिद गरेको भन्दै विकास गर्न धेरै कामहरु बाँकी रहेपनि स्वास्थ्य पहिलो कुरा भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया