माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आइपिओ निष्काशन गर्दै

विदुर खबर २०८० असार ३० गते १५:२७

नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

Advertisement

कम्पनीले जारी पुँजी १ अर्बको २५ प्रतिशतले हुन आउने २५ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वा नं. १ मा वस्ने बासिन्दालाई ५,७१,४३० कित्ता, आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाकोउत्तरगया गाउँपालिका वडा नं. २,३,४ र ५ मा बस्ने बासिन्दा र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नंं. ५ मा बस्ने बासिन्दाहरुलाई २,८५,७२० कित्ता शेयर र रसुवा जिल्लाको अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुलाई १,४२,८५० कित्ता गरी जम्मा १० लाख कित्ता शेयर निष्काशन हुनेछ ।

त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १५ लाख कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि निष्काशन गर्नेछ ।

Advertisement

यस आईपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटलको कार्यालय, सानिमा बैंक विदुर र किस्पाङ शाखा, नुवाकोट, एनएमबि बैंक धुन्चे रसुवा शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत शेयर खरिद आवेदन दिन सक्नेछन्।

Advertisement

स्थानीयका लागि जारी आईपीओको निष्काशन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन भदौ १ गते बैंकिङ समयपछि हुनेछ। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेसम्म आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथ्लिलो मैलुङ खोल जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।१० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२।७६ वर्ष रहेको छ। आयोजनाले यही साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया