विदुर नगरपालिकाको बजेट १ अर्ब १२ करोड २३ लाख

नुवाकोट । विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को बजेट, नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ ।
आइतबार नगरसभाको १३ औं अधिवेशनमा उपप्रमुख प्रभा बोगटीले आव ०८०/८१ को लागि १ अर्ब १२ करोड २३ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । विदुरले पर्यटन, शिक्षा स्वास्थ्य, ऐतिहासिक सम्पदा, पूर्वाधार, खेलकुद, ऐतिहासिक स्मारक, सुरक्षाका लागि सीसीटीभीलगायत बजेटमा प्राथमिकता दिइएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा विदुर नगरपालिका र विद्युत् प्राधिकरण्को संयुक्त साझेदारीमा विदुर जल विहार तथा पर्यटकीय पार्क निर्माण गर्ने भएको छ ।
नगरभित्र एसईई दिएर बसेकालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न बजेट विनियोजन गरिएको उपप्रमुख बोगटीले बताइन् । उनले नगरको अर्थ विधेयक २०८०, विनियोजन विधेयक २०८० प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी विदुर नगर प्रमुख राजन श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन तथा संस्थागन विकासका लागि नगरको कार्य सम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि ‘हेलो मेयर कार्यक्रम’ सचालन गरिने बताए । उनले नीति तथा कार्यक्रममा घरनिर्माण सम्पन्नपत्र लिFदा प्राविधिक प्रतिवेदनसहित दुई वटा बिरुवा अनिवार्य रोपको हुनु पर्ने व्यवस्था गरिएको छ ।
‘स्वच्छ सफा, हरियाली सहर, हाम्रो विदुर हेर्ने सबैको रहर’ भन्ने नाराका साथ वातावरणीय क्षेत्रलाई जोड दिइएको छ । त्यसैगरी ‘विदुर नगरको समृद्धिमा जुटौं, कर तिर्नबाट कोही नछुटौं’ भन्ने नाराका साथ कर संकलन अभियान वर्ष घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरलाई प्रविधिमैत्री बनाउँदै पेपरलेस गराउने नगर प्रमुख श्रेष्ठले बताए ।
उद्योग सहकारीअन्तर्गत घरेलु उत्पादित मदिरा तथा पेयपदार्थ उद्योगलाई व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया