नुवाकोटमा पत्रकार आत्मरक्षा तालिम शुरु
नुवाकोट । नुवाकोटमा आईतवारदेखि पत्रकारहरुको लागि आत्मरक्षा तालिम शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना एवं पत्रकार महासंघ नुवाकोट शाखाको संयोजन र प्रदेश युवा परिषद बाग्मति प्रदेशको सहयोगमा पत्रकारहरूका लागि आत्मरक्षा तालिम विदुरमा सुरु भएको हो ।
तालिममा विभिन्न बिपदको समयमा आफुलाइ सुरछित कसरी राख्ने भन्ने विषयमा सैदान्तिक र प्रयोगात्मक विषयमा तालिम दिइएको छ ।
तालिमको पहिलो दिन प्रशिक्षकको रुपमा चर्चित खोज पत्रकार केपी ढुङ्गाना र जिल्ला प्रहरी कार्यालयको टोलीले समाचार संकलन गर्न जाँदा हुन सक्ने अवरोध भौतिक आक्रमणको डिफेन्स कसरी गर्ने भन्ने विषयमा सैदान्तिक र व्यवहारिक सिकाएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकार महासंघ बाग्मति प्रदेशका अध्यक्ष शिव देवकोटाले विपद, भिडभाड र दन्द्धको समयमा कसरी रिर्पार्टिङ गर्ने भन्ने विषयमा जानकारी दिन नुवाकोटमा आत्मरक्षा तालिमको आयोजना गरेको जानकारी दिए । उनले बाग्मति प्रदेशकै पत्रकारहरुको क्षमता विकासको लागि प्रदेश महासंघ सधैँ प्रतिवद्ध भएर लाग्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य धुव रावल, बाग्माति प्रदेश सदस्य रामहरि गजुरेल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, प्रेस चौतारी नुवाकोटका अध्यक्ष नवदिप श्रेष्ठ र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदी लगायतले तालिमले समाचार संकलनमा आइ पर्न सक्ने सम्भावित असुरक्षालाई चिर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
तालिममा नुवाकोटका २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिम सोमवारसम्म संचालन हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया