नुवाकोटमा महिला आत्मरक्षा तालिम शुरु
नुवाकोट । महिला तथा किशोरीहरुका लागि दुई दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम नुवाकोटमा शनिवारदेखि शुरु भएको छ ।
बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दै विदुर नगरपालिकाका महिलाहरुका लागि दुई दिने तालिम सुरु गरिएको हो । तालिममा ४० किशोरी तथा महिला सहभागी छन् ।
जिल्ला युवा समिति नुवाकोटको आयोजनामा शुरु भएको तालिम विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको फुटसलमा शुरु भएको हो ।
किशोरी र महिलालाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले तालिम सुरु गरिएको जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरुले बताए ।
प्रशिक्षणमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन–कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जानेजस्ता कौशल सिकाइनेछ ।
तालिम आईतबारसम्म संचालन हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया