नुवाकोट पोल्ट्री व्यवसायी संघको अध्यक्षमा रिजाल
विदुर खबर
२०८० जेठ १६ गते १२:१६

नुवाकोट । नुवाकोट पोल्ट्री व्यवसायी संघको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
सोमवार संघको प्रथम साधारणसभा तथा अधिवेशनले रिजालको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा कृष्णहरि गजुरेल सचिवमा सोमप्रसाद अर्याल र सह–सचिव रमेश चित्रकारलाई चयन गरेको छ भने कोषाध्यक्षमा रामकृष्ण प्याकुरेल निर्वाचित भएका छन् ।
सदस्यहरुमा श्यामकृष्ण चालिसे, इन्द्र न्यौपाने, पोस्तक अधिकारी, संन्जिव पौडेल र चिरञ्जीवी ओझा चयन भएका छन् ।
यस्तै अन्य सदस्यहरुमा दिपक रिजाल, सुनिल तमाङ, हरिकृष्ण दुङगाना, याद कुमार जम्कटेल र निमेष नेपाल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
Advertisement
नुवाकोट झण्डै २ हजार भन्दा बढी पोल्ट्री व्यवसाय आवद्ध रहेका छन् । नुवाकोट कुखुराको अण्डा र मासुको लागि आत्मनिर्भर जिल्ला हो ।
सम्बन्धित
प्रतिक्रिया