पञ्चकन्याको प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्रि प्रचण्ड नुवाकोट आउने
विदुर खबर
२०८० जेठ १२ गते १६:१४

नुवाकोट । प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही जेठ २७ गते नुवाकोटको आउने भएका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ ३ लाकुरीभन्ज्याङमा रहेको गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेको संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिए ।
प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोचोटि पञ्चकन्याको भूमि टेक्न लागेका हु्न । उनी यसअघि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनको लागि पञ्चकन्यामा आएका थिए ।
पन्चकन्या गाउँपालिकाको नवनिर्मित भवनमा बैठक कक्षसहित २७ वटा कोठा छन् ।
सम्बन्धित
प्रतिक्रिया