गोल्फुभन्ज्याङमा प्रहरी चौकी राख्न माग
नुवाकोट । नुवाकोट र सिन्धुपाल्चोक सिमाना पर्ने गोल्फुभन्ज्याङमा प्रहरी चौकी माग गरिएको छ ।
चोरी र सुरक्षाको दृष्टिले संवेदनशील भएकाले चौकी माग गरेको स्थानीय मानबहादुर योन्जनले बताए । ‘दुप्चेश्वर, मेलम्ची नगरपालिका र शिवपुरी गाउँपालिका मध्यकेन्द्र पनि हो । सुरक्षाको हिसाबले यहाँ प्रहरी आइपुग्न दुप्चेश्वरको समुन्द्रटारबाट ३ घण्टा लाग्छ,’ उनले भने, ‘विगतमा धेरै घटना भएकाले यहाँ चौकी आवश्वयक छ ।’
सिन्धुपाल्चोकको तारामाराङ चौकीबाट पनि ४ घण्टा समय लाग्ने योञ्जनले बताए । गोल्फुभन्ज्याङ वरिपरि १ सय घरधुरी र एक हजार बासिन्दा छन् । प्रहरी चौकी राख्नका लागि आवश्यक जग्गा स्थानीय केसाङ शेर्पाले दिने घोषणा गरेका छन् ।
उक्त जग्गा वाग्मती प्रदेश सदस्य राधिका तामाङ, प्रमुख जिल्ला अधिकारी किरण थापा, नुवाकोट प्रहरी कार्यालयका एसपी रमेश पण्डितलगायतको टोली, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापालगायतले अवलोकन गरेका छन् ।
प्रदेश सांसद तामाङले गोल्फुभन्ज्याङमा प्रहरी चौकी अत्यन्त आवश्यक रहेको बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया