साम्राज्ञीलाई प्रश्न, ‘फेरि अनमोल नै चाहिएको हो ?’
विदुर खबर
२०७५ भदौ २९ गते १:५८

गीतसंगीत र ट्रेलरबाट फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ यतिबेला सर्वाधिक चर्चामा छ । असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा डेब्यु ब्वाई धिरज मगर र अहिलेकी ‘हटकेक’ साम्राज्ञी राज्यलक्ष्मी शाह लिड रोलमा छन् ।
एक दशकदेखि कोरियोग्राफरको रुपमा काम गर्दै आइरहेकी रेनाशा वान्तवा राईले उक्त फिल्मबाट फिचर फिल्म निर्देशनमा हात हालेकी छिन् । इन्टु र मिन्टु पात्रको प्रेम जीवनमा आउने उतारचढावको कथा फिल्मले भन्छ । रिलिज डेट नजिकिँदै गर्दा अहिले फिल्मको जम्बो टिम मोफसल प्रचारमा व्यस्त छ । पूर्वका विभिन्न सहरमा पत्रकार सम्मेलन र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै मंगलवार निर्देशक राईसँगै साम्राज्ञी, धिरज र अर्का लिड कलाकार सारुक ताम्राकार पोखरा पुगे । दर्शकसँग साक्षात्कार गर्नु अगाडि आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक राईले बाल्यकालमा खेलिने खेललाई ‘इन्टु मिन्टु लण्डनमा’ ले पूर्नजागरण र स्मरण गराउने बताइन् । बाल्यकालको खेललाई फिल्मी शैलीमा ढालेको उनको भनाई छ ।
‘२ वर्षको मिहिनेत हो ‘इन्टु मिन्टु लण्डनमा’ । कथा र मेकिङमा बढी मिहिनेत गरेका छौं । लभस्टोरी जनरा लभर्सका लागि यो फिल्मले निराश बनाउँदैन’, उनले भनिन् । रेनाशा यसलाई फेमिली फिल्म भन्न रुचाउँछिन् । अभिनेता धिरज मगरले उक्त फिल्मले नेपाली फिल्म इन्डष्ट्रीमा एउटा परिवर्तन ल्याउने दाबी गरे । उनी कडा मिहिनेत गरेका कारण फल मिठो पाउनेमा आशावादी देखिए । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘इन्टु मिन्टु लण्डनमा’ आफ्नो लागि मात्र नभएर इन्डष्ट्रीको लागि पनि राम्रो हुने बताइन् । ‘मैले गरेका यसअघिका फिल्मभन्दा यसमा सबै कुरामा चित्त बुझेको छ । मेकिङदेखि सबै कुरामा फिल्म अब्बल छ’, उनले भनिन् ।
(2).jpg)
हलिउड र बलिउड जस्तो मेकिङ नेपाली फिल्मको नहुने गरेको दर्शकको गुनासोलाई ‘इन्टु मिन्टु लण्डनमा’ ले पूरा गर्ने उनको ठोकुवा छ । उनी भन्छिन्, ‘फिल्ममा मैले ड्रिम रोल गर्न पाएको छु । मैले सोचेको र खोजेको फिल्म हो यो ।’ हरेक फिल्ममा नयाँ हिरोसँग रोमान्स गर्नुको पछाडि आफ्नो हात नभएको उनले फेरि स्पष्ट पारिन् । पत्रकारको प्रश्नको उत्तर दिँदै उनी भन्छिन्, ‘नयाँ हिरो मेरो माग होइन । कथा र निर्माता-निर्देशकको हो ।’
‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ पछि उनी अभिनीत फिल्म घरेलू बजारमा गर्व गर्न लायक गरि चलेका छैनन् । के तपाईलाई फेरि अनमोल केसी नै चाहिएको हो ? पत्रकारको प्रश्नमा उनी हाँसिन् । ‘जति पनि निर्माता र हिरोहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ म चाहिने हो’, उनले जवाफ फर्काइन् । लगातार पर्दामा आइरहनु र एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदै जाँदा उनको स्टारडम खतरामा पर्दै गएको चर्चा हुन थालेको छ । तर, उनी यो कुरा मान्न तयार छैनन् । उनी स्टारडममा असर पुगेको भए दिनहुँ फिल्मको अफर नआउनु पर्ने बताउँछिन् ।
(1).jpg)
अभिनेता सारुक ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा’ हरेक कोणबाट उत्कृष्ट बनेको बताए । फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
तश्बिर : जक्सन डटकम
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
नुवाकाेटकाे तारकेश्वरका विद्यालय आइतबार बन्द नहुने
नुवाकोटको दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ हुने
बेलकोटको नलगाउँमा रुखले च्यापिएर एक जनाको मृत्यु
टिमुरे यातायातले त्रिशुली- काठमाडौँ चल्ने ईभीको भाडा नबढाउने





प्रतिक्रिया