श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध

कोलम्बो, श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ ।
बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ । हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ । प्राचीनकालदेखिको यो अभ्यासलाई बिस्तारै देशभरी विस्तार गर्ने सरकारको रणनीति छ । “कानून निर्माताले मन्दिरमा जनावर र पंक्षीको बलि दिन नपाइने व्यवस्थासहितको कानून बनाउन माग गरेका थिए,” सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया