बारा २ बाट उपेन्द्र यादव विजयी

विदुर खबर २०८० वैशाख १३ गते ६:३७

नुवाकोट ।  प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

Advertisement

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल भएका छन् ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।

Advertisement

 

प्रतिक्रिया