नुवाकोटमा साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

नुवाकोट । नुवाकोटमा साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यागङ गाउँपालिका वडा नम्बर ४ किम्ताङका २६ वर्षीय पञ्च घलेको रहेका छन् । उनको आफ्नै साथी अमित तामाङले बोकेको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँर्कै गङमरङ सामुदायिक वनमा पञ्च घले र अमित तामाङ सिकार खेल्न हिँडेका थिए । अचानक भरुवा बन्दुक पड्केर छर्रा लाग्न गई घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनीहरु शनिबार साँझ सिकार खेल्न भनेर घरदेखि २ घन्टाको बाटोमा हिँड्दै गरेको अवस्थामा लड्न गई भरुवा बन्दुक पड्केर घलेलाई लागेको प्रहरी समक्ष दिइएको बयानमा भनिएको छ ।
शवको जिल्ला अस्पतालमा त्रिशुलीमा पोष्टर्माटम गरी मृतकको परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम विदुरदेखि करिब ३५ किमी पश्चिमोत्तर भाग धादिङको सिमानामा पर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया