सिलट्याङकीमा नयाँ वर्ष मनाउनेको भिड
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ मा रहेको शिलट्याङकीमा नयाँ वर्षको अवसर पारेर घुम्न आउनेको भिड लागेको छ ।
विभिन्न सामाजिक संजालदेखि संचारमाध्यमहरुले गरेका प्रचारप्रसारका कारण सिलट्याङकीमा नयाँ वर्षको अवसर पारेर घुम्न आउनेको भिड लागेको हो । नयाँ स्वरुपमा बनाइएको सिलट्याङकीमा अवलोकनकर्ताहरु फोटो खिच्नकै लागि टाढाटाढा बाट धाउन थालेका छन् ।
शिलट्याङकीमा रमेर नयाँ वर्ष मनाउनेहरु बस, माइक्रो र निजी सवारी साधन तथा मोटरसाइकलमा पुगेका थिए ।शिलट्याङकीमा सेल्फी फोटो लिएर रमाउनेहरुको ताँतीले सबैको ध्यान खिच्ने गरेको छ ।
नयाँ वर्षको हवसरमा यतिधेरै आन्तरिक पर्यटक ओइरिएको यो पहिलो पटक हो, स्थानीय कर्णबहादुर कार्कीले भने, ‘शिलट्याङकी क्षेत्रलाई घेराबेरा गरेर पर्यटकीय स्थल बनाउन सके बाहृ पर्यटक पनि भित्रिन्छन् ।’
उनले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते झण्डै ८ हजार भन्दा बढी मानिसहरुको आएको समेत बताएका छन् । त्यस्तै शनिवार समेत हजारौ आन्तरिक पर्यटकहरु भित्रिएका छन् ।
एकैपटक सो क्षेत्रमा पर्यटकहरुको संख्या बढेपछि शिलट्याङकी क्षेत्र अस्तव्यस्त भएको छ ।
निजि सवारीसाधनको अव्यव्यस्थित पार्किङका कारण शिलट्याङकीमा केही समय शुक्रवार र शनिवार जाम समेत भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया