उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कार्की भारी मतले विजयी
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा भारी मतले विजयी भएका छन् ।
बिहिबार विहान सम्पन्न मतगणना अनुसार कार्कीले ८१ मत प्राप्त गरि विजयी भएका हुन् । जिल्ला नगरतर्फ ११७ मत खसेको थियो । जसमा ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।
कार्कीले निर्वाचनमा जिल्ला नगर सदस्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए ।
कार्की ०६१ सालदेखि नुवाकोट उद्योग वाणिज्य संघमा सक्रिय छन् । संघको ०६५ मा भएको अधिवेशनबाट सदस्य, ०६९ मा प्रथम उपाध्यक्ष, ०७२ र ०७५ मा अध्यक्षमा निर्वाचित कार्की हाल नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष रहेका छन् ।
जिल्लामा खाद्य किराना व्यवसायको अगणी रहेका कार्कीको सबैसँग माया र साथले आफु निर्वाचित भएको बताएका छन् ।
उनले आफु महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएसँगै नुवाकोटमा पनि उद्योगभन्दा र कल– कारखाना खोल्न पहल गर्ने बताएका छन् ।
यसअघि नुवाकोटबाट महासंघको केन्द्रिय सदस्यमा दुई पटक राजन श्रेष्ठ निर्वाचित भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया