तारकेश्वर गाउँपालिकामा अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्रम जारी
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम शुरु भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणको अवसर पारेर पालिकाले यो कार्यक्रम संचालन गर्दै आइरहेको छ । अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै उनीहरुको निशूल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
स्वास्थ्य नै ठूलो धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै पालिका अधयक्ष अधिकारीले कार्यभार सम्हालेदेखि नै यो कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् ।
जेष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै यो कार्यक्रमलाई आागमी दिनहरुमा थप प्रभावकारी बनाउँदै लैजाने उनले बताएका छन् ।
साथै कार्यक्रमको अवसरमा पालिकाको विकासका लागि जेष्ठ नागरिकको सल्लाह सुझाव समेत लिने गरिएकाले विकास निर्माणमा सबैको अपनत्व समेत रहने अधिकारीले विश्वास व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया