Flash News : नुवाकोटको गेर्खुमा करेन्ट लागेर एक वृद्धको मृत्यु
विदुर खबर
२०७५ भदौ २८ गते १३:५०

गेर्खु भदौ २८, नुवाकोटको विदुर नगरपालिका वडा नं ११ को गेर्खुमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उपल्लो गेर्खुका ६५ वर्षिय कृष्ण बहादुर तामाङ रहेको ईलाका प्रहरी चौकी चोगतेले जनाएको छ । तामाङको आफ्नै घरमा वायरिङ गरेको तार मुसाले खाएको र छुन जाँदा घटनास्थलमा नै मृत्यु भएको विदुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए ।
घटनास्थलमा नै मृत्यु भएका तामाङको शव अहिले सोही स्थानमा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया