नुवाकोट दुप्चेश्वरमा गाडी दुर्घटना : मृतकको संख्या ३ पुग्यो, १० जना घाइते

नुवाकोट । दुप्चेश्वर गाउँपालिका-४ कोल्फुमा टाटा सुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । १० जना सख्त घाइते भएका छन् ।
दुप्चेश्वर गाउँपालिका-४ कोल्फुबाट काठमाडौंका लागि छुटेको ना १ ज ३९८४ नम्बरको गाडी अनियन्त्रित भई कोल्फु सडक छेउ भीरबाट खस्दा ३ सय मिटर खसेको हो ।
घटनास्थलमै दुई जनाको ज्यान गएको हो भने एक जनाको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ र वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङ रहेको डिएसपी खड्काले बताए ।
सानुकान्छीको मृत्यु ट्रमा सेन्टरमा उपचारको क्रममा भएको हो । सुमोमा १३ जना सवार थिए । चालकसमेत घाइते भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया