नुवाकोटको दुप्चेश्वरमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाइते
विदुर खबर
२०७९ चैत १७ गते १८:०५

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ मा टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ ।
ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका ४ बस्ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् ।
यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।
सम्बन्धित
प्रतिक्रिया