उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कार्कीको उम्मेदवारी घोषणा

विदुर खबर २०७९ चैत १६ गते १८:५६

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

Advertisement

उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको लागि कार्कीले उम्मेद्धवारी घोषणा गरेका हुन् ।

कार्कीले जिल्ला तथा नगर उद्योग वाणिज्य खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्की ०६१ सालदेखि नुवाकोट उद्योग वाणिज्य संघमा सक्रिय छन् ।

Advertisement

संघको ०६५ मा भएको अधिवेशनबाट सदस्य, ०६९ मा प्रथम उपाध्यक्ष, ०७२ र ०७५ मा अध्यक्षमा निर्वाचित कार्की हाल नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष रहेका छन् ।

जिल्लामा खाद्य किराना व्यवसायको अगणी रहेका कार्कीले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेर जिल्ला तथा नगर उद्योग वाणिज्य संघको पदाधिकारीसँग भेटघाट गर्न देश–दौडाहामा व्यस्त रहेका छन् ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका कार्कीलाई देशभरका जिल्ला÷नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षसँग राम्रो सम्बन्ध रहेको कारण निर्वाचन सहज देखिन्छ ।

महासंघमा एक सय २१ जिल्ला नगर उद्योग वाणिज्य संघ, एक सय २३ वस्तगत संघ र एक हजार सात सय ३२ एसोसिएट्स सदस्य तथा २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ मतदाता रहेका छन् ।

निर्वाचनमा जिल्ला नगरको मतभार ५० पतिशत, एसोसिएट्स सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मतभार ३० पतिशत तथा वस्तुगत संघको मतभार २० प्रतिशत रहेको छ ।

चैत २८ र २९ गते काठमाडौंमा हँदै अधिवेशनले नयाँ कार्यकारिणी समितिको निर्वाचन गर्नेछ । यस अधिवेशनले महासंघको भावी नेतृत्व चयन गर्ने भएकाले उद्योगी व्यवसायीदेखि राजनीतिक दल र सरकारले विशेष चासो लिइरहेका छन् ।

यही चैत २९ गते हने निर्वाचनबाट महासब्घको कार्यकारिणी समितिमा आठजना पदाधिकारी र ६४ जना सदस्य निर्वाचित हुनेछन् ।

 

प्रतिक्रिया