उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कार्कीको उम्मेदवारी घोषणा
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको लागि कार्कीले उम्मेद्धवारी घोषणा गरेका हुन् ।
कार्कीले जिल्ला तथा नगर उद्योग वाणिज्य खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्की ०६१ सालदेखि नुवाकोट उद्योग वाणिज्य संघमा सक्रिय छन् ।
संघको ०६५ मा भएको अधिवेशनबाट सदस्य, ०६९ मा प्रथम उपाध्यक्ष, ०७२ र ०७५ मा अध्यक्षमा निर्वाचित कार्की हाल नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष रहेका छन् ।
जिल्लामा खाद्य किराना व्यवसायको अगणी रहेका कार्कीले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेर जिल्ला तथा नगर उद्योग वाणिज्य संघको पदाधिकारीसँग भेटघाट गर्न देश–दौडाहामा व्यस्त रहेका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका कार्कीलाई देशभरका जिल्ला÷नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षसँग राम्रो सम्बन्ध रहेको कारण निर्वाचन सहज देखिन्छ ।
महासंघमा एक सय २१ जिल्ला नगर उद्योग वाणिज्य संघ, एक सय २३ वस्तगत संघ र एक हजार सात सय ३२ एसोसिएट्स सदस्य तथा २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ मतदाता रहेका छन् ।
निर्वाचनमा जिल्ला नगरको मतभार ५० पतिशत, एसोसिएट्स सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मतभार ३० पतिशत तथा वस्तुगत संघको मतभार २० प्रतिशत रहेको छ ।
चैत २८ र २९ गते काठमाडौंमा हँदै अधिवेशनले नयाँ कार्यकारिणी समितिको निर्वाचन गर्नेछ । यस अधिवेशनले महासंघको भावी नेतृत्व चयन गर्ने भएकाले उद्योगी व्यवसायीदेखि राजनीतिक दल र सरकारले विशेष चासो लिइरहेका छन् ।
यही चैत २९ गते हने निर्वाचनबाट महासब्घको कार्यकारिणी समितिमा आठजना पदाधिकारी र ६४ जना सदस्य निर्वाचित हुनेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया