नुवाकोटमा सर्वाधिक रााशिको कविता महोत्सव हुने

विदुर खबर २०७५ भदौ २८ गते ११:५६
file photo

Advertisement

नुवाकोट भदौ २८, नुवाकोट जिल्लामा साहित्यमा विशेष योगदान पुर्याउदै आएको नुवाकोट साहित्य प्रतिष्ठानले ‘‘दोश्रो राष्ट्रिय कविता महोत्सव २०७५’’ यही मङ्सिर १५ गते गर्ने भएको छ ।

नेपाली भाषा र साहित्यको उत्थान र सम्वद्र्धन गर्नको लागी राष्ट्रिय कविता महोत्सव २०७५ आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिनुभएको छ ।प्रतिष्ठानले बिदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले देशभरीका साहित्यकारहरुको कबिता सङकलन गरेर छनोटमा परेका कबितालाई प्रतियोगीतामा सहभागी गराइने बताउनुभएको छ ।

Advertisement

नेपालको सबै भन्दा धेरै धनराशी रहेको प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेलाई नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै, दोश्रो हुनेलाई ३० हजार नगद सहित प्रमाण पत्र र तेश्रो हुने दुई जनालाई नगद रु २० हजार र प्रमाणपत्र प्रदान गरिने प्रचारप्रसार उपसमितिका संयोजक मुकुन्दराज अर्यालले जानकारी दिनुभएको छ ।

साथै दोश्रो कबिता महोत्सब सम्पन्न गर्नको लागी रामकृष्ण गजुरेलको संयोजकत्वमा आर्थिक सङ्कलन उपसमिति, मुकुन्दराज अर्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र सुमित्रा सुमिको संयोजकत्वमा प्रतियोगी समन्वय उपसमिति गठन भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले यस अघि २०७३ साल बैशाख ३ गते पहिलो राष्ट्रिय कबिता महोत्सब सम्पन्न गरेको थियो ।

Advertisement

प्रतिक्रिया