सिलट्याङ्कीको मुहार फेरियो (फोटोसहित)

विदुर खबर २०७९ चैत १६ गते १३:०५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ मा रहेको सिलट्याङ्कीको मुहार फेरिएको छ ।

Advertisement

सिलट्याङ्कीमा विदुर नगरपालिकाले जलविहार निर्माण गर्न थालेसँगै सिलट्याङ्कीको मुहार फेरिएको हो ।

नगरपालिकाले सिलट्याङ्कीमा जलविहार र पर्यटकिय स्थलको रुपमा विकास गर्न लागेसँगै सबैको ध्यान अहिले सिलट्याङ्कीतर्फ मोडिएको छ ।

Advertisement

नगरपालिकाको नेतृत्वमा राजन श्रेष्ठ र प्रभा बोगटी आएसँगै सिलट्याङकीमा जलविहार बनाएर आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन लागि परेका छन् ।

यसअघि नगरपालिकाका निर्वतमान मेयर सञ्जु पण्डितले पनि सिलट्याङकीमा जलविहार निर्माण गरि डुङ्गा संचालन गर्ने योजना बुनेपनि सफल हुन सकेका थिएनन् ।

Advertisement

नगरपालिकाले सिलट्याङकीमा जल विहार निर्माण गर्ने र पर्यटनको क्षेत्र घोषणा गर्ने योजनाका साथ नगरपालिकाका अगाडी बढेको मेयर राजन श्रेष्ठले बताएका छन् । उनले यो क्षेत्रमा मिनि गोसाइकुण्ड निर्माण गर्ने लक्ष्यसमेत रहेको बताए ।

नु्वाकोटमा विदाको समयमा घुम्न जाने स्थानको रुपमा सिलट्याङ्की क्षेत्रलाई विकसित गर्न सके नगरको मात्रै नभई स्थानियवासीले पनि आय आर्जन गर्न सक्ने बताए ।

प्रतिक्रिया