सिलट्याङ्कीको मुहार फेरियो (फोटोसहित)
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ मा रहेको सिलट्याङ्कीको मुहार फेरिएको छ ।
सिलट्याङ्कीमा विदुर नगरपालिकाले जलविहार निर्माण गर्न थालेसँगै सिलट्याङ्कीको मुहार फेरिएको हो ।
नगरपालिकाले सिलट्याङ्कीमा जलविहार र पर्यटकिय स्थलको रुपमा विकास गर्न लागेसँगै सबैको ध्यान अहिले सिलट्याङ्कीतर्फ मोडिएको छ ।
नगरपालिकाको नेतृत्वमा राजन श्रेष्ठ र प्रभा बोगटी आएसँगै सिलट्याङकीमा जलविहार बनाएर आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन लागि परेका छन् ।
यसअघि नगरपालिकाका निर्वतमान मेयर सञ्जु पण्डितले पनि सिलट्याङकीमा जलविहार निर्माण गरि डुङ्गा संचालन गर्ने योजना बुनेपनि सफल हुन सकेका थिएनन् ।
नगरपालिकाले सिलट्याङकीमा जल विहार निर्माण गर्ने र पर्यटनको क्षेत्र घोषणा गर्ने योजनाका साथ नगरपालिकाका अगाडी बढेको मेयर राजन श्रेष्ठले बताएका छन् । उनले यो क्षेत्रमा मिनि गोसाइकुण्ड निर्माण गर्ने लक्ष्यसमेत रहेको बताए ।
नु्वाकोटमा विदाको समयमा घुम्न जाने स्थानको रुपमा सिलट्याङ्की क्षेत्रलाई विकसित गर्न सके नगरको मात्रै नभई स्थानियवासीले पनि आय आर्जन गर्न सक्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया