संघले पठाएका कर्मचारी स्थानीय तहले फर्काइदिए : मन्त्री
नुवाकोट । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी रिक्त रहेको स्थानीय तहमा राजनीतिक द्वन्द्व र फरक–फरक समूहको दबाबका कारण सहज रूपमा कर्मचारी पठाउन नसकेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बुधबार बोल्दै मन्त्री मोदीले स्थानीय तहमा पठाएको कर्मचारीलाई हाजिर नगराउने प्रवृत्ति रहेको बताएका हुन् ।
अहिले डेढ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाउँदै आएका छन् । मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई रौतहट, काभ्रे, बारा, सुर्खेत, धनुषा, बाजुरा, मोरङलगायत जिल्लाका १५ भन्दा बढी स्थानीय तहले हाजिर गर्न दिएका छैनन् ।
उनले संघीय निजामती ऐन अघि बढेकाले कर्मचारी व्यवस्थापनमा देखिएको समस्या हल गर्न सहज हुने बताए । प्रस्तावित विधेयक सहमतिमा लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी दिँदै उनले अब कर्मचारीको उमेर हद ६० वर्ष हुने जानकारी दिए । उनले निजामतीको पद तह र श्रेणीमा रहेकाले यसलाई एउटै बनाउने प्रस्ताव अघि सारेको बताए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सहमतिबिना सहसचिव (प्रथम श्रेणी) को सरुवा नहुने निर्णय मन्त्रिपरिषदबाट गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढिलो गरी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको निर्णयमा कर्मचारी व्यवस्थापनका लागि प्रधानमन्त्री दाहालसँग परामर्श गर्नुपर्ने उल्लेख छ । गत माघ ४ को मन्त्रपरिषद् बैठकको निर्णय नम्बर २२ को विविध शीर्षक ५ मा भनिएको छ, ‘राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका राष्ट्र सेवकको व्यवस्थापन गर्नुपूर्व प्रधानमन्त्रीसँग परामर्श गर्ने ।’ उक्त निर्णयअनुसार सहसचिव वा सोसरहको सरुवा र व्यवस्थापन गर्दा प्रधानमन्त्रीको सहमति आवश्यक हुनेछ ।
प्रधामन्त्री दाहालले सम्हालेका १६ मन्त्रालय मात्र होइन, अन्य निकायमा पनि अस्वाभाविक चासो राखेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेका बेला मन्त्रिपरिषदले निजामती ऐन र नियमको ख्याल नगरी जथाभावी निर्णय गरेको सरोकारवालाले बताएका छन् । निजामती ऐनअनुसार सहसचिवको सरुवा मन्त्रिपरिषद्ले गर्ने भएकाले प्रधानमन्त्रीसँग परामर्श लिने कुरा स्वाभाविक भएको बताए । उनले भने, ‘त्यसलाई हस्तक्षेपभन्दा पनि सहजीकरणको रुपमा बुझ्नुपर्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया