बन्चरेडाँडाको फोहोर ओभरफ्लो भएपछि स्थानिय चिन्तित
 
		
	 नुवाकोट । बर्खा नजिकिँदा नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेड ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दा चिन्तित छन् ।
नुवाकोट । बर्खा नजिकिँदा नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेड ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दा चिन्तित छन् ।
लिचेड भरिएर कोल्पुखोलामा लेदोयुक्त पानी मिसिन सक्ने भन्दै स्थानीयले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गरेका छन् । ‘लिचेड भरिएर ओभरफ्लो हुन लागेको छ । बन्चरेडाँडाको मुनिबाट कोल्पुखोला बगिरहेको छ । अब पानी परेर लिचेड बग्न थाल्यो भने यो कोल्पुखोलामा मिसिने खतरा छ,’ ककनी गाउँपालिका–३ का घननाथ बजगाईंले भने ।
सिसडोलमा फोहोर भरिएपछि गत वर्ष जेठमा माथिल्लो क्षेत्रमा पर्ने बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको थियो । वर्षायाम सुरु भएसँगै उक्त फोहोर पनि भरिएर दुर्गन्ध फैलिन सक्ने भएपछि स्थानीय चिन्तित बनेका हुन् । शुक्रबार नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका हितबहादुर तामाङ, सांसद विमला सुवेदी, जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पालिका अध्यक्षलगायतको टोली र सदरमुकाम विदुरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति प्रतिनिधि, सुरक्षा निकाय, वन कार्यालय प्रतिनिधिसहितको टोली बन्चरेडाँडा अवलोकनमा पुगेको थियो ।
यसक्रममा स्थानीयले फोहोर व्यवस्थापनको काम दिगो रूपमा समाधान गर्नुपर्ने माग गरेका छन् । साथै मानव बस्तीमा दुर्गन्ध फैलिन सक्ने भन्दै उनीहरूले जनप्रतिनिधिहरूलाई दबाब दिए । अवलोकनका क्रममा सांसद तामाङले मान्छे र फोहोर एकै ठाउँमा राख्न नपाइने बताएका थिए । उनले फोहोरलाई दिगो रूपमा बस्तीबाट टाढा लगेर व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । बन्चरेडाँडामा हरेक वर्ष देखिने समस्याको विकल्प सरकार र काठमाडौं महानगरपालिकाले खोज्नुपर्ने उनको भनाइ थियो ।
फोहोर विसर्जनका लागि यसअघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच समझदारी भएको थियो । तर उक्त सम्झौताअनुसार कार्यान्वयन नहुँदा फेरि समस्या निम्तिएको स्थानीयको गुनासो छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने यसअघि भएको सम्झौतालाई संघीय सरकार र काठमाडौं महानगरबाट बेवास्ता भएको बताए । ‘मापदण्ड पुर्याएर व्यवस्थापन गरेका छैनन् । लिखित रूपमा गरेका मागका सम्झौता कार्यान्वयन नभएपछि स्थानीयले माग उठाएका छन् । फोहोर र मान्छेसँगै नबस्ने भनिएको छ ।
फोहोरले प्रभावित स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्ने भनेका थियौं । कम प्रभावित क्षेत्रका बासिन्दालाई विकास निर्माणमा प्राथमिकता दिने र लिचेटलाई खोलामा नहाल्ने भनिएको थियो । यहाँका बासिन्दालाई लक्षित गरी तत्काल १० शय्याको अस्पताल स्थापना गर्ने भनिएको थियो । तर अहिलेसम्म भएको छैन,’ अध्यक्ष तामाङले भने ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्रममा नुवाकोटको ककनीसहित धादिङको धुनीबेंसीका १८ हजार मानिस प्रभावित छन् । तर ती मानिसको जीउधनको सुरक्षा र वातावरण विनाशको समस्याप्रति सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको ककनी–३ का स्थानीय तथा बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगाना गुनासो गर्छन् । यसबाहेक लामो समयदेखि फोहोर थन्क्याउने काममात्रै भइरहँदा स्थानीयमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनीहरूको गुनासो छ । स्थानीयमा क्यान्सरलगायतका समस्या देखिनुमा पनि फोहोरलाई कारक मानिएको छ । ककनी–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठका अनुसार फोहोरकै कारण क्यान्सरले वार्षिक रूपमा ५ देखि १० जनाले ज्यान गुमाउनुपरेको छ । अर्का स्थानीय राजु घिमिरेका अनुसार स्थानीयहरूमा छाती र फोक्सोका बिरामीको संख्या पनि बढ्ने क्रम छ ।
२०६२ सालमा नुवाकोटको ओखरपौवामा २/३ वर्षका लागिमात्रै फोहोर फ्याँक्ने सहमति बने पनि काठमाडौं महानगर र सरकारले उचित व्यवस्थापन भने खोज्न सकिरहेको छैन । हरेक वर्ष वर्षायाममा दुर्गन्ध फैलिने क्रम बढेपछि स्थानीय विरोध गर्छन् । तर सरकार र महानगरले स्थानीयलाई विभिन्न आश्वासनसहित थामथुम पार्ने गरेका छन् । तीन वर्षका लागि फोहोर फाल्ने भनिएको सम्झौता उल्लंघनमात्रै हैन, हाल काठमाडौं महानगरसहित १८ वटा नगरपालिकाको १० देखि १२ टन फोहोर दैनिक यहाँ विसर्जन हुने गरेको छ । १७ वर्षको अन्तरालमा ७२ पटक सम्झौता गरिए ।
कोल्पुखोला किनारमा रहेको खाल्टो फोहोरले भरिएर करिब २ सय मिटर अग्लो पहाडकै रूपमा खडा भयो । फोहोरकै पहाडमाथि फोहोर बोक्ने गाडीहरू कुद्न थाले । गत जेठमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले स्थानीयसँग गरेको सम्झौतासँगै ल्यान्डफिल साइट तयार पारिएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर यस पटकको वर्षा सुरु भएसँगै दुर्गन्ध फैलिएर विकराल रूप लिने देखिएको छ । काठमाडौं महानगरले फोहोर फाल्ने ठाउँ खोजिरहँदा बन्चरेडाँडा आसपासका बासिन्दा भने राजधानीको दुर्गन्धको विकल्प खोजिरहेका छन् । हिउँदका महिनामा धूलो खाइरहेका उनीहरू वर्षामा हिलो र दुर्गन्धबाट मुक्ति पाउने उपाय खोजिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया