अफगानिस्तानको कन्दाहारमा सुरक्षा कारबाहीमा १८ को मृत्यु

विदुर खबर २०७५ भदौ २८ गते ९:०८

अफगानिस्तान भदौ २८,  अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

Advertisement

तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिएको पुष्टी गर्नुभयो । सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिबान समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया