दुप्चेश्वरको खरानीटारमा बन्ने बुद्धभूमी हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ निष्काशन गर्ने

विदुर खबर २०७५ भदौ २८ गते ९:०२

नुवाकोट, नुवाकोटको ताँदी खोलामा ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरीरहेको बुद्धभूमी हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न प्रक्रिया अगाडि बढाएको छ ।

Advertisement

कुल १२ लाख कित्तामा पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गर्नेछ र सो शेयर बाँडफाडपछि बाँकि रहेको ८ लाख कित्ता शेयर सर्बसाधारणमा निष्काशन गर्नेछ ।

हाइड्रोपावरले गत बुधबार सिभिल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि  कम्पनीले आउदो मंसिरसम्ममा स्थानीयलाई आइपीओ निष्काशन गरीसक्ने बताएको छ ।यस आइपीओ निष्काशनपछि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्बसाधारण्को ३० प्रतिशत स्वामित्व रहनेछ । हाल २८ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको आइपीओ निष्काशन गरेपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

Advertisement

प्रतिक्रिया