ढुंगेमा आगलागी हुँदा ३ पसल जले
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ ढुंगेबजारमा आगलागी हुँदा जस्ताको टहराभित्र रहेका तीन वटा पसल जलेका छन् ।
विदुर नगरपालिका–९ घर भइ ढुंगेबजारमा भाँडा पसल गर्ने रामेश्वर अधिकारीको पसल, सुरेश श्रेष्ठको किराना पसल र अर्को फलफूलको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर लक्ष्मी खड्काले बताइन् ।
आगलागी सोमबार राति ११ बजेतिरबाट सुरु भएर बिहान दुई/तीन बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत् सट भइ आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागीबाट मानवीय क्षति नभएपछि प्लाष्टिका भाडा, खाद्यान्न सामाग्रीसहित लाखौंको क्षति भएको पसलेले बताएको प्रहरीले जनाएको छ ।
पसलमा आगलागी भएसँगै क्षतिको विवरण लिन विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी र विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जित आज विहान ढुगें पुगेर आगलागीको अवस्थावारे जानकारी लिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया