नुवाकोटमा गाउँपिच्छे बाँदर आतंक
नुवाकोट । नुवाकोटमा पछिल्लो समयमा ग्रामीण भेगमा बाँदरले बाली सखाप पारेर दुस्ख दिएको गुनासो बढेको छ । ‘
बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाइदिएको बढी गुनासो आयो,’ तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने, ‘किसानको गुनासो कति सुन्ने नियन्त्रण गर्न सकिएन ।’ तादी गाउँपालिकाको १ देखि ४ वडासम्मका अधिकांश स्थानीयका खेतबारीमा बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाएको गुनासो बढेको छ ।
डिभिजन वन कार्यालय नुवाकोटले शुक्रबार आयोजना गरेको वन तथा वातावरणसम्बन्धी कानुनका विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको अभिमुखीकरण तथा समन्वय कार्यक्रममा स्थानीयले लगाएको बाली बाँदरले खाइदिएपछि क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् ।
निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे, त्यसको क्षतिपूर्ति पाइने व्यवस्था छ । तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको व्यवस्था छैन ।
नुवाकोटमा दुई निकुञ्जले जोडिएको छ भने बाँकी ३ सय ७१ सामुदायिक वन छन् । उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई वन, वातावरण, संरक्षणसम्बन्धी ऐन तथा नियमावलीबारे जानकारी गराइएको थियो ।
त्यसैगरी निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुले स्थानीयको बालीको क्षतिपूर्ति पाउने व्यवस्थाबारे जानकारी दिइएको थियो भने हालै तादी गाउँपालिकामा बँदेलले ६ जनालाई घाइते बनाएको र उनीहरू उपचारपछि घर फर्किएको पालिका अध्यक्ष तामाङले बताए ।
डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले केही समयअघि एक कार्यक्रममा सहभागी ४० जना सीडीओले बाँदरले बाली खाएको समस्या माथिल्लो तहमा लेखी पठाएको र त्यसबारे कुनै सुनुवाइ हुनेमा आशावादी रहेको बताए ।
बाँदर नियन्त्रण गर्ने र क्षतिपूर्ति दिने कुनै कानुन प्रावधान नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया