चेताङको पहिरोमा फसेकोका उद्धार गरी सदरमुकाम विदुर ल्याइयो

विदुर खबर २०७५ भदौ २७ गते १५:०१

नुवाकोट भदौ २७, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ चेताङको सुख्खा पहिरोमा फसेकाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सदरमुकाम विदुर ल्याइएको छ ।

Advertisement

बुधबार मध्यान्न १२ बजेको समयबाट गएको सुख्खा पहिरोको बिचमा परेका दोर्जे शेर्पा र उनको श्रीमती पाङ्जेन शेर्पालाई उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । उनीहरुलाई नेपमली सेनाको ल्ब्ण्छठ नंम्बरको हेलिकप्टरद्धारा उद्धार गरि मैथली ब्यारेकमा ल्याएर ल्याण्ड गरिएको हो । उनीहरुर्ला उपचारकोृ लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । घाइतेको अवस्था समान्य रहेको छ ।

यसैबिच चेताङको पहिरोले ७ घर बगाएको र १५÷१६ घर उच्च जोखिममा रहेको प्रहरीले बताएको छ । पहिरोमा कुनैपनि मानवीय क्षति भने भएको छैन । क्षतिको एकिन विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमसद वसन्त कुबरले बताए ।

Advertisement

फोटो : दिपक थापाको फेसबुकबाट

प्रतिक्रिया