अन्ततः एमाले प्रमुख प्रतिपक्षीमा धकेलियो
नुवाकोट । दुई दिन अगाडि आफैंले गरेको निर्णय सच्याउँदै नेकपा एमाले सरकारबाट बाहिरिएको छ ।
केन्द्रीय मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णयअनुसार, एमालेका आठ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । सचिवालय बैठकले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएकाले अब एमाले प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ । ‘अब हामी रचनात्मक र सशक्त प्रमुख प्रतिपक्षी भूमिकामा रहन्छौं, हाम्रो गतिविधि पनि त्यसैअनुसार हुनेछ’ एमाले नेता डा. राजन भट्टराई भन्छन् ।
अरु दलजस्तो सत्ताकै निम्ति टाँस्सिएर बस्ने शक्ति एमाले नरहेकाले समर्थन फिर्ता लिने निर्णय गरेको उनी तर्क गर्छन् । ‘कतिपय दलहरुमा सत्ताबाहेक अर्थोक केही नदेख्ने देखियो, तर हामी त्यस्तो गर्दैनौं भन्ने बैठकको सन्देश हो’, भट्टराई भन्छन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, प्रमुख प्रतिपक्षी भूमिकामा धकेलिंदा पनि एमालेप्रति सार्वजनिक धारणा सकारात्मक बनेको बताउँछन् । एमालेले विना अभियोगको सजाय खेप्नु परेकाले सार्वजनिक धारणा सकारात्मक बनेको रिजालको बुझाइ छ । तर घटनाक्रम र राजनीतिक परिस्थिति हेर्दा भने एमाले आफ्नै चाहनाले सोमबार सरकारबाट बाहिरिएको होइन ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नै एमालेलाई सत्ताबाट बाहिरिन निरन्तर दबाव दिएका थिए । एकपछि अर्को शृङ्खलाबद्ध निर्णयमार्फत एमालेलाई सत्ताबाट बाहिरिने वातावरण बनाइरहेका प्रचण्डले आइतबार मात्रै परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालको जेनेभा भ्रमण स्थगित गरिदिएका थिए ।
संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद् बैठकमा सहभागी हुन जेनेभा उड्ने तयारीमा रहेका मन्त्री पौड्यालको भ्रमण स्थगित गरिदिनुलाई एमालेले प्रतिष्ठाको विषय बनायो । एमालेबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यसबारे प्रधानमन्त्री प्रचण्डसँग आइतबार कुरा गरेका थिए ।
तर प्रधानमन्त्री प्रचण्डले कुनै अलमल नगरी सरकारबाट हट्ने विकल्प दिएको एक नेता बताउँछन् । उनका अनुसार, प्रचण्डले पौडेलसँग तीन विकल्प रहेको बताएका थिए । ‘पहिले राजीनामा गरेर बाहिरिनुहोस् भन्ने थियो, नभए बिना विभागीय बनाउने र अन्तिममा हटाउनेसम्म भन्नुभयो’ मन्त्रीबाट राजीनामा गरेका एक नेता भन्छन्, ‘यस्तोमा पार्टीले राजीनामा गरेर बाहिरिने निर्णय लियो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया