पहिरोमा परेकाको तत्काल उद्धार गर्न नुवाकोट कांग्रेसका जिल्ला समापति केशीको आग्रह
विदुर खबर
२०७५ भदौ २७ गते ११:१४

नुवाकोट भदौ २७, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङफेदीमा रहेको चेताङबस्तीमामा पहिरोले पुरिएर दुई जना थुनिएको र चारघर बगाएको घटनाप्रति नेपाली कांग्रेस नुवाकोटले दुःख व्यक्त गरेको छ ।
कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ति मार्फत पहिरोका कारण विस्थापित परिवारको हेलिकप्टर पठाएर उद्धार गर्न सरकारसँग अपिल समेत गर्नुभएको छ । साथै उहाले यस्तो विपतका बेला सहयोग गर्नु सबैको धर्म भएकाले पार्टीका क्रियाशिल कार्यकर्ताहरुलाई तत्काल राहत तथा उद्धारमा लाग्न समेत आग्रह गर्नुभएको छ ।
सो स्थानमा पहिरोले चार घर पुरिएको र दुई जना थुनिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा फस्ने दोर्जेन शेर्पा र एङसेन शेर्पा रहेको बताइएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया