नु्वाकोट महोत्सवमा व्यापारीको हड्ताल, सबै स्टल बन्द
नुवाकोट । नुवाकोटमा जारी सातौँ नुवाकोट महोत्सवमा स्टल व्यापारीहरुले व्यवसाय नभएको भन्दै हड्ताल गरेका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा व्यासाय नभएको भन्दै स्टल व्यवसायीहरुले महोत्सवको टिकट महँगो भएकोले अवलोकनकर्ताहरु नआएको भन्दै स्टल बन्द गराएका हुन् ।
आयोजक नुवाकोट उद्योग वाणिज्य संघले महोत्सवको ठेक्का निजि कम्पनि नारायणी फेयर्स एक्जिभेसन नेपाललाई ३५ लाख रुपैयाँ वित्रि गरेपछि महोत्सव पछिल्लो समय विवादमा तानिदै आएको छ ।
महोत्सवमा ३ सयभन्दा बढी स्टल भएपनि अधिकाश खालि छ । स्टल लिएवापत ठेक्का लिएको नारायणी फेयर्स एक्जिभेसन नेपालले प्रति स्टल १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ लिएको व्यवसायीहरुले बताएका छन् ।
तर टिकट दर महँगो भएको, महोत्सवमा राम्रो कलाकारहरु ल्याउन तथा विभिन्न डफडाले व्यवसाय नभएको भन्दै स्टल व्यापारीहरुले स्टल बन्द गरेको एक व्यवासायीले विदुर खबरलाई बताए ।

स्टल बन्द गरेर विरोध जनाउँदै व्यापारीहरु ।
व्यवसायीहरु अहिले महोत्सवको मुल गेटमा वसेर आयोजक नुवाकोट उद्योग वाणिज्य संघ र नारायणी फेयर्स एक्जिभेसन नेपालले आफ्नो मागहरुको सम्बोधन गर्नुपर्ने मागसहित धर्नामा वसिरहेका छन् ।
अहिले महोत्सव स्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया