नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना, ४ जना घाइते
विदुर खबर
२०७९ फागुन ५ गते ७:२२
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३ दोरदोरे खोल्सामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
बिहीबार राति ९ बजे समुन्द्रटारबाट रावतबेंसीतर्फ डोजरका लागि इन्धन लिएर जाँदै गरेको बा१४च ५६८४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेर ४ जना स्थानीय घाइते भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुई जनालाई खरानीटार अस्पतालमा र दुई जनालाई काठमाडौं पठाइएको छ ।
जिपले पिक लिन नसक्दा धसिएर तल झरेको उनले बताए । जिप १ सय मिटर तल झरेर क्षतिग्रस्त भएको छ । घटनास्थल हेर्दा यात्रु बाँच्न सक्ने अवस्था नदेखिएको अध्यक्ष थापाले बताए ।
घाइतेमध्ये एक जनाको हात भाँचिएको, अर्कोको टाउको र अन्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । जिपमा ५ जना सवार थिए । चालक भने सकुशल छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया