नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सभापतिमा श्रेष्ठ विजयी

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सोमवार भएको ३४ औं अधिबेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी शिव गुणिले १६ मत प्राप्त गरे ।
यस्तै कार्यसमितिको उप–सभापतिमा निरञ्जनप्रसाद आचार्य, महिला उप–सभापतिमा सुशिला चित्रकार निर्वाचित भएका छन् भने मन्त्रीमा उद्दव शर्मा रिजाल, उप–मन्त्री प्रेमप्रसाद रिमाल र उप–कोषाध्यक्षमा क्षेत्रबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा नवराज सुवेदी (९०) निर्वाचित भएका छन् । महिला सदस्यहरुमा सुशिला श्रेष्ठ (७५), निर्मला प्याकुरेल (६९) र पार्बती भट्ट हुँमागाई (६६) मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्यहरूमा विनोद पाठक (७६), रमेश गिरी (६०), ज्ञानेन्द्र गिरी (५६), रूपबहादुर तामाङ (५९), केशव कुमार सुबेदी (५५), राजकुमार भट्टराई (५०) र शंकर अमात्य (४८) मत ल्याएर विजयी भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोटमा २३ उपशाखा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया