मदानपुरका सिलवालद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

नुवाकोट । नुवाकोटको साविक मदानपुर गाविस घर भई हाल काठमाण्डौ वस्दै आएका ७५ वर्षिय ईश्वर सिववालले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
सिलवालले आफ्नो व्यक्तिगत खर्चमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिका देवि आधारभुत विद्यालयका ५७ जना बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेका हुन् । उनले विद्यार्थीहरुलाई न्यानो कपडा, टोपी, जुत्ता मोजा उपलब्ध गराएका हुन् ।
यस्तै उनले लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेका ११ जना अशत्त तथा आथिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमा पुगेर समेत न्यानो कपडा वितरण गरेको स्थानिय रामचन्द््र अगस्तीले जानकारी दिए ।
सिलवालले आफ्ना छोराहरुले विदेबाट पठाएको पैसा र सामाजिक सुरक्षा भत्ताको रकम जोगाएर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको बताए ।
यसअघि उनले जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको गुरुकुल र लिखु गाउँपालिका वडा नम्बर ६ को विभिन्न स्थानमा खाद्यान्न वितरण गरेका थिए ।
न्यानो कपडा वितरण कार्यक्रममा सिलवालकी छोरी ईश्वरी पन्त, जिल्ला समन्वय समिति नुवाकोटकी सदस्य सम्झना सेढाई, स्थानिय समाजसेवी राजन पौडेल, समाजेसवी रामचन्द्र अगस्ती तथा विद्यालयल व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया