नेपाली कांग्रेसको तर्फबाट डा. महत सांसद बन्ने पक्का
नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पार्टीका प्रवत्ता डा. प्रकाशशरण महत सांसद बन्ने पक्का भएको छ ।
शनिबार वसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभाको समानुपातिक तर्फको नाम टुंगो लगाएको हो । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो ।
पुरुषतर्फ खसआर्यतर्फ प्रवक्ता प्रकाशशरण महत चयन भएका छन् । यस्तै दलितर्फ जीवन परिवार र मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधिको नाम समेत सिफारिस गरेको छ ।
यससँगै नुवाकोटबाट संघिय सांसदमा प्रतिनिधित्व गर्नेको संख्या ४ पुगेको छ । यसअघि प्रत्यक्षबाट नुवाकोट क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हितवहादुर तामाङ, क्षेत्र नम्बर २ बाट कांग्रेसका अर्जुननरसिंह केसी र समानुपातिकतर्फबाट माओवादी केन्द्रकी विमला सुवेदी सांसद बन्ने निश्चित भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया