पेट्रोल छर्केर जलेकी नुवाकोटकी पुष्पाको मृत्यु
नुवाकोट । जीउमा पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी नुवाकोटकी पुष्पाको मृत्यु भएको छ ।
विवाहका लागि भएको इंगेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै आफूलाई आगो लगाएकी बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकामा त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार उनको मृत्यु भएको हो ।
धुम्बाराहीका सुदन संग्रौलासँग उनको विवाहका लागि गत भदौ १८ मा टीकाटालो भएको थियो । पुष्पाको जन्मदिनकै दिन इंगेजमेन्ट भए पनि विवाहको मिति तय भइसकेको थिएन ।
तर, विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुदनले इंगेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मार्न बाध्य पारेको मृतकका परिवारको आरोप छ ।
काका उत्तम न्यौपानेका अनुसार शनिबार मात्रै विवाह नगर्ने गरी इंगेजमेन्ट तोड्न सुदन, उनका बाबु दिनेश र आमा विन्दु संग्रौला पुष्पाको परिवारलाई भेट्न पुगेका थिए । त्यसपछि इंगेजमेन्ट गर्दा आदानप्रदान गरिएका गरगहना र जनैसुपारी फिर्ता लिएर केटा पक्ष निस्किएको थियो । ‘५/७ महिनाअघि मात्रै छोरीले स्नातकोत्तर उत्तीर्ण गरेपछि काम गर्न थालेकी थिइन् । हाम्रो आफ्नै शोरुममा उनी काम गर्थिन्, त्यहीं आउँदा केटासँग चिनजान भएर पछि विवाह गर्नेसम्मको सम्बन्ध भएको थियो,’ पुष्पाका काका उत्तमले भने, ‘इंगेजमेन्टअघि केटा र परिवार सबैले राम्रो व्यवहार गरेका थिए ।
दुवै परिवारबीच आउजाउ हुन्थ्यो । तर, त्यसपछि भने खै किन हो, बिस्तारै छोरीलाई मनसिक यातना दिने, अनावश्यक शंका गर्ने, अविभावकलाई फोन गरेर अनावश्यक तनाव दिने काम भयो । धाकधम्की दिनेसम्मका पनि व्यवहार हुँदै गयो, भयो । त्यही क्रममा शनिबार इंगेजमेन्ट तोडिएको थियो, त्यसको भोलिपल्ट छोरी केटाको घरनजिकै जलेको खबर आयो ।’ पुष्पा जलेको खबर पनि केटाका बाबु दिनेशले दिएको उत्तमले बताए ।
जल्दाजल्दै आगो निभाउनुको साटो ‘पुष्पाजस्तै केटी पेट्रोल छर्केर जलेको जस्तो छ’ भन्दै दिनेशले पुष्पाका बाबु पुरुषोत्तम न्यौपानेलाई खबर गरेका थिए । त्यस क्रममा बचाउन छाडेर हेरेर बस्नुले छोरीको मृत्यु नै शंकास्पद भएको काका उत्तमको भनाइ छ । केहीबेरमा प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले हत्या आशंकामा सुदनलाई पक्राउ गरी अदालतमा अनुसन्धानका लागि म्याद थप गरिसकेको छ । सुदनका दाजु मधुसुदन, बाबुआमालाई पनि नियन्त्रणमा लिएकामा सोधपुछपछि छाडिएको छ ।
पुष्पाको सोमबार नै दाहसंस्कार गरिएको छ । महाराजगन्जका डीएसपी अंगुर जीसीले पक्राउ परेका सुदनविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाइएको बताए । उनले भने, ‘घटनाको अनुसन्धान हुँदै छ ।
आत्महत्या दुरुत्साहनको कसुरमा आरोपितलाई पक्राउ गरी अदालतबाट हिरासतमा राख्ने म्याद थप गरिएको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया