मैले न्याय पाएको छु : हरेराम भण्डारी

विदुर खबर २०७९ मंसिर १९ गते १६:३१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीले आफुले न्याय पाएको बताएका छन् ।

Advertisement

सोमबार पुन वडाध्यक्षको कार्यभार समालेका उनलाई वडामा गरिएको स्वागत कार्यक्रममा बोल्दै आफुले न्याय पाएको बताएका हुन् ।

उनले जनताको काममा आफु दिनरात नभनी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनप्रतिनिधिको हैसियतले आफु जनताको निस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्ु ।

Advertisement

भष्ट्राचारको आरोपमा विशेष अदालतबाट सफाई पाएका भण्डारी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

तर अख्तियारले अदालतमा उनको मुद्धा विचाराधिन रहेको भन्दै उनको पद निलम्बनमा पर्ने बताएपछि उनी वडाध्यक्षबाट निलम्बनमा परेका थिए ।

Advertisement

उनी निलम्बनमा पर्दा दलित महिला सदस्य धनकुमारी विकले. कार्यवाहक वडाध्यक्षको रुपमा काम गरेकी थिइन् ।

 

प्रतिक्रिया