विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ अख्तियारको फन्दामा

विदुर खबर २०७९ मंसिर १९ गते ८:३६

नुवाकोट । अबैध रुपमा खोलामा मेसिन लगाउन र प्राकृतिक श्रोत साधनका दोहन गर्न लिखित अनुमती दिएका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

Advertisement

उजुरी परे लगत्तै जिल्लास्तरिय छानविन समिति गठन भएर उनको कामको छानविन सुरु भएको छ । विदुर नगरपालिका वडा नं. २ र ५ मा पर्ने बवर्डस्टोन क्रसर उद्योग प्रालिलाई ३१ दिन खोलामा मेसिन लगाएर नदीजन्य सामाग्री संकलनको अनुमती दिएका श्रेष्ठको विरुद्धमा आयोगमा उजुरी परेको थियो ।

आयोगले उक्त कार्यको छानविन गरी तत्कालै प्रतिवेदन तयार गरी पठाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पत्राचार गरेको छ । मंसीर ११ गते अख्तियारको पत्र जिल्ला प्रशासनमा कार्यक्रमा आएको हो । जिल्ला प्रशासन कार्यालयले एक छानविन समिति गठन गरी तादी खोलामा भईरहेको कार्यको बस्तुगत स्थिति अध्ययन गरी प्रतिवेदन तयार गर्न एक समिति गठन गरेको छ । समितिले आफ्नो काम सुरु गरिसकेको छ ।

Advertisement

जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको समितिमा सरकारी कार्यालयका अधिकारीहरू सदस्य छन् । विदुर नगरपालिकाले ‘जर्वजस्ती’ नदीमा मेसिन प्रयोग गरी काम गर्न दिएको विषयमा जिल्ला स्थित विभिन्न सरोकारवाला संयन्त्रमा छलफल भएको थियो ।

तर मेयर श्रेष्ठले आफ्नो क्षेत्राधिकार भित्रको काममा हस्तक्षेप गरे नराम्रो हुने भन्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायतलाई हप्काएका थिए । ‘चुनावपछि यस विषयमा थप छलफल गर्ने र अहिले काम बन्द गराउने’ भन्दै कात्तिक २४ गते साँझ गरिएको मौखिक सहमतीको भोलिपल्टै नगरपालिकाले वर्ड स्टोन क्रसरलाई खोलाको कहाँ कहाँ खन्न मिल्ने भन्दै चिनो लगाएर दिएपछि सरकारी अधिकारी समेत कानूनी आधारमा नगरपालिकाको ‘अराजकता रोक्ने’ मनस्थितिमा थिए ।

Advertisement

नुवाकोट प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले समेत अख्तियारले नगरपालिकाको उक्त निर्णय प्रति चासो राखेर पत्र पठाएको पुष्टि गरेका छन् । केही दिन अघि अख्तियारले पत्र पठाएको र आवश्यक कारबाही सुरु भएको प्रजिअ रिसालले बताए । छानविनका लागि गठन भएको समितिले विदुर नगरपालिकाले कुन आधारमा नदी खन्न दिएको र मापदण्ड भित्र रहे/नरहेको सबै लेखाजोखा गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्ने छ ।

त्यही प्रतिवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालयमा जिल्ला प्रशासन कार्यालयले विवरण सहितको प्रतिवेदन बुझाउने छ । अनुसन्धानकै क्रममा वर्ड स्टोन त्रलसरि उद्योगको आधिकारी कागजपत्र समेत जिल्ला प्रशासन कार्यालयमा झिकाइएको छ । विदुर नगरपालिकासंग भएको सम्झौता, विदुर नगरपालिकालाई राजश्व बुझाएको प्रमाण, कम्पनी दर्ता तथा नविकरण लगायतका सबै कागजात जिल्ला प्रशासन कार्यालयले तीन दिन भित्र पेश गर्नु भन्दै क्रसर उद्योगलाई पत्राचार गरेको समाचार आजको इमेज साप्ताहिकले लेखेको छ ।

 

प्रतिक्रिया