साततले दरबारको पुनर्निर्माण माघदेखि
 
		
	 नुवाकोट । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नुवाकोटका साततले दरबारलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ ।
नुवाकोट । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नुवाकोटका साततले दरबारलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिए पनि भूकम्प गएको झण्डै साढे ७ वर्ष भइसक्दा यहाँ काम सुरु हुन सकेको छैन । चीनले कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको बताउँदै आएको छ । एक महिनायता चिनियाँ प्राविधिक टोलीले दरबारको विस्तृत अध्ययन गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटले जनाएको छ ।
‘३–१० जनासम्मको प्राविधिक टोलीले दरबारका इँटालगायतको अध्ययन गरिरहेको छ,’ कार्यालय प्रमुख अर्जुनप्रसाद फुँयालले भने, ‘चिनियाँ नयाँ वर्ष आउन लागेकाले उक्त पर्व मनाएर फर्किएपछि आउँदो माघबाट काम गर्ने चिनियाँ पक्षले बताएको छ ।’ उनका अनुसार काठमाडौंस्थित हनुमानढोका, वसन्तपुर दरबार पुनर्निर्माण गर्ने कालीगडले नै साततलेलगायत यहाँका सम्पदा पुनर्निर्माण गर्नेछन् ।
बाह्य तथा आन्तरिक पर्यटक आउने मुख्य सिजन भए पनि खण्डहरजस्तै बनेका सम्पदास्थल बेलैमा पुनर्निर्माण नहुँदा सुनसानजस्तै छन् । ‘भूकम्पले ढलेका घरहरू नयाँ बनिसके । बल्ल दरबार र मठमन्दिर पनि ठडिने आस जागेको छ,’ स्थानीय शिव मल्लले भने, ‘यत्रो समयसम्म नबन्दा यहाँको व्यापार–व्यवसाय त चौपटै भएको छ ।’
विदुर नगरपालिका–२ मा रहेका साततले दरबारलगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजु भवानी मन्दिरलगायतको पुनर्निर्माण हुने कार्यालयले जनाएको छ । अहिले यी सम्पदालाई फलामे टेको लगाई जस्तापाताले छोपेर राखिएको छ ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि मात्रै नुवाकोटका सम्पदा पुनर्निर्माण थाल्ने भनेको थियो । उक्त साततले दरबार १९९० सालको भूकम्पअघि ९ तला रहेको इतिहासमा उल्लेख गरिएको छ । त्यसबेला २ तला भत्किएको थियो ।
यो दरबार पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरणपछि १८१७–१९ सालसम्ममा बनाउन लगाएका थिए । जसका लागि ललितपुरबाट कालीगड झिकाइएको इतिहास छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया