नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मेला सुरु
नुवाकोट । दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा लाग्ने ठूलो जात्रा सुरु भएको छ ।
आज आइतवारबाट मेला लाग्न थालेको हो । मंसीर २२ गतेसम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ ।
मेला भर्न आउनेहरुको सहजताका लागि भैतिक पुर्वाधारको मर्मत र व्यवस्थापनलाई यसपाली चुस्त बनाइएको छ । समुन्द्रटारदेखि मन्दिर परिसरसम्म पुग्ने मोटरबाटोलाई मर्मत गरेर थप ब्यवस्थित पारिएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार सडकको सबै भागमा रातको समयमा झलमल्ल बत्ति बाल्ने गरी ब्यवस्था समेत मिलाइएको छ । सडक मर्मत लगाएत मेलाको समयमा तयार गर्नुपर्ने भौतिक संरचनको मर्मतका लागि दुप्चेश्वर गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यसपटक मेलामा आउने भक्तजन र पर्यटकलाई थप सहज बनाउनका लागि सवार साधन पार्किङलाई थप ब्यवस्थित र निःशुल्क बनाइएको श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार नुवाकोट भन्दा बाहिरबाट समेत धार्मिक पर्यटकहरु मेलामा सहभागि हुन आजदेखि नै आउने थालिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया