हारेर पनि जितेका शुशिल, पाए सम्मानजनक मत

नुवाकोट । निर्वाचनमा पराजित भएर पनि जनताको मन जित्न सफल भएका उमेदवार हुन् शुशिल खड्का । जस्ले आफुलाई पराजित गर्ने उमेदवारलाई हासी हासी शुभकामना दिए । खड्का नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा एमालेको तर्फबाट उमेदवार थिए ।
पछिल्लो समय राजनितिमा हार स्विकार्न नसकी अलोकतान्त्रिक गतिबिधी भैरहेको बेला खड्काले देखाएका राजनितिक चरित्र र अनुशासनको चौतर्फी प्रसन्सा बटुल्न सफल भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क मा राधिका तामाङसँग कडा प्रतिस्पर्धा गरेका शुशिल खड्का फेरि एकाएक चर्चामा आए ।
नेपाली कांग्रेससहितको ५ दलिय गठबन्धनको जन्जीर तोडेर पनि नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क मा शुशिलले ११ हजार ३ सय ५० मत प्राप्त गरेर सम्मानजनक मत प्राप्त गरे । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र माओवादीको पकड क्षेत्र भनिए पनि शुशिलले त्यसलाई अंक गणितमा मात्र सिमित गराउँदै गठबन्धन दलकी उम्मेद्धवार राधिका तामाङलाई फराकिलो जित रच्न दिएनन् ।
पाँच दलिय गठबनधनले घेराबन्दी गर्दा समेत शुशिलले पहिलो निर्वाचनमै राधिकालाई आस्छुआस्छु पार्ने सफल भए । व्यवसाय र समाजसेवासँगै राजनितिमा होमिएका खड्काले नेपाली कांग्रेसबाट राजनितिक यात्रा शुरु गरेका हुन् । उनी नेपाली कांग्रेसको १४ औ महाधिवेनबाट क्षेत्र नम्बर १ को प्रदेश क को सभापति बन्न सफल भएका थिए । गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनअघि टिकट वितरणमा विभेद भएको भन्दै उनीसहित कांग्रेसका दुईसयभन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसबाट एमाले प्रवेश गरि प्रदेश क को उम्मेवारी दिएका खड्काले मतगणनाको अन्तिम परिणाम आएपछि आफूले हारेको नभई सिक्ने मौका हासिल गरेको बताएका छन् । खड्काले आफूले पाएको १३ हजार मतलाई आफूप्रति गरिएको विश्वास र जीतको रुपमा लिएका छन् । उनले यसका लागि समस्त नुवाकोटबासीलाई धन्यवाद पनि दिएका छन् ।
त्यस्तै, उनले गठबन्धनको तर्फबाट उम्मेद्धवार रहेकी राधिका तामाङको जीतलाई पनि आफ्नै जीतको रुपमा लिएको बताएका छन् । अहिले सामाजिक सञ्जालमा शुशिल खड्कालाई पराजित गरेकी तामाङको भन्दा खड्काको चर्चा र वाह–वाहि भइरहेको छ ।
खड्काले निर्वाचन हारेर पनि जितेको भनेर उनको प्रशंसा भइरहेको छ । खड्काले आफ्नो हारबाट अलिकति पनि बिचलित नभई हार नै जीतको शिक्षा हो भन्ने भनाईलाई सबैले खुल्ला मनले प्रशंसा गरेका छन् । धेरैले उनलाई धेरै माथि जाने व्यक्तिको रुपमा समेत हेरेका छन् । प्रशंसकहरु भन्छन् –‘यो हार होइन, जित हो, मन जित्न सफल नै विजय हो’ समेत भनेका छन् ।
व्यवसाय र समाजसेवाबाट राजनितिमा होमिएका खड्कामा एक सफल नेतृत्वमा हुनुपर्ने सबै गुण रहेको स्थासनयहरु बताउँछन् । अहिले खड्काको हारलाई कसैले पनि हारको दर्जा दिएका छैनन् । छोटो समयमा नै नुवाकोटको राजनितिमा ख्यात हुन सफल भएका खड्काले अर्को निर्वाचणमा मत र मन जित्न सफल हुने सबैले अपेक्षा गरेका छन् । खड्काले मतगणना सम्पन्न हुने बितिकै सो क्षेत्रमा विजयी भएकी तामाङलाई बधाई समेत दिए । तर उनले तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने समेत बताएका छन् ।
युवापस्तामाझ मात्र नभई सबैमाझ लोकप्रिय खड्काले आफ्नै व्यक्तिगत खर्चमा कैयौँको ज्यान जोगाउनेदेखि विभिन्न स्कुलमा शैक्षिक सामाग्री र स्वास्थ्य चौकीहरुमा मेसिनदेखि औषधीहरु सहयोग गरेका छन् । उनी दुप्चेश्वरको विकासे खम्बाको रुपमा समेच चर्चित छन् ।
‘म बिउ थिए हजुरहरुले रोपिदिनु भयो । हजुरहरुको मायाँ र सद्भावले यहाँ सम्म पुगेकी छु र आगामी दिनमा मलाई हुर्काउनु र बढाउनु हुन्छ भन्ने विश्वास छ । यो हाम्रो हार होइन, हाम्रो जीत हो किनभने हामी मनमा बस्न सफल भएका छौ जुन कहिले पनि परिवर्तन हुँदैन’ झिनो मतले हारेपछि खड्काले सामाजिक संजाल फेसबुक स्टाटस लेख्दै भने ‘आदरणीय आमा बुवा दाजु भाई दिदि बहिनि र मित्रहरुलाइ धन्यवाद भन्नलाई पनि मसंग कुनै शब्द रहेन । मेरो, दुई हात जोडी सिर न्युराही सम्पूर्ण सहयोग गर्ने हातहरु र साथहरुलाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु ।’
उनी अगाडी थप्छन्, ‘जसको मैंले मन जित्न सकिनँ वहाँहरुको मन एकदिन अवस्य जित्ने छु भन्ने विश्वासका साथ अझै म दुई कदम आगाडी बढ्दै विकाश निर्माणका कामहरु लिएर हजुरहरुको घर दैलोमा आउदै छु, स्वीकार्नु होस् यदि कसैलाई आगामी दिनमा समस्या परेमा सर्वप्रथम मलाई सम्झिन आग्रह गर्दछु म हजुरहरुको दुःख र विकाश निर्माणको साथी बन्न चाहन्छु,
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया