नुवाकोट क्षेत्र नम्बर १ प्रदेश (क) मा राधिका तामाङ विजयी

विदुर खबर २०७९ मंसिर १० गते ७:२३

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् ।

Advertisement

शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतले पराजित गर्दै तामाङ विजयी भएकी हुन् ।

तामाङले १६ हजार १६९ मत प्राप्त गरेकी छन् । खड्काले ११ हजार ३५० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

विजयी तामाङ वाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख हुन् । उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेकी थिइन् ।

तामाङ १४ वर्षको कलिलो उमेरमै कम्युनिस्ट राजनीतिमा लागेकी हुन् । उनी राज्यमन्त्रीसमेत बनिसकेकी छन् ।

Advertisement

प्रतिक्रिया