नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (क) मा ढुङ्गाना विजयी
विदुर खबर
२०७९ मंसिर ८ गते १७:१२

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना विजयी भएका छन् ।
उनले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले हराएका हुन् । बिहीवार बिहान (११ः३० बजे) सार्वजनिक भएको मत परिणाम अनुसार ढुङ्गानाले १२ हजार ११० मत पाएका छन् भने पाण्डेको मत ११ हजार ६६१ रहेको छ ।
यस क्षेत्रमा बेलकोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १० र ११ रहेको छ ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको प्रदेश निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका गीता अमात्यको समेत उम्मेदवारी परेको थियो ।
सम्बन्धित
प्रतिक्रिया