आज बट्टारको हावाघरमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभा हुँदै

विदुर खबर २०७९ मंसिर १ गते ७:२९

नुवाकोट । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दे लोकतान्त्रिक बाम गठबन्धनले बट्टारको हावाघरमा आमसभा गर्ने भएको छ ।

Advertisement

आमसभामा सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवत्ता डा. प्रकाशशरण महत, कांग्रेस नेता मिनेन्द्र रिजाल, कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेद्धवार अर्जुननर्सिङ केसि ,केन्द्रिय सदस्य बहादुर सिह लामा, नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य बिमला सुवेदी तथा रामप्रसाद ढुङाना ,संविधानसभा सदस्य जगदिस्वरनर्सिङ केशि ,संविधान सभा सदस्य राममाया बोगटीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो  १२ बजे हुने कार्यक्रमलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले शक्ति प्रर्दशनको रुपमा लिएका छन् ।

Advertisement

नुवाकोट क्षेत्र नम्बर २ मा गत स्थानिय तहमा पाएको मतको आधारमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार वलियो देखिएका छन् ।

प्रतिक्रिया