पौडेललाई धेरै मत दिएर जिताउनुस्, प्रधानमन्त्री पक्का : प्रचण्ड
नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास रच्ने बेला आएको बताउनुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमबार आयोजित सत्ता गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा रहने बताउनुभएको हो ।
‘यसपटकको निर्वाचन सामान्य हुने छैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्नेछ । यो निर्वाचनको सामान्य रहेने छैन’ –उहाँले भन्नुभयो । संविधान सभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो ।
नेकपा एमालेलाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको उहाँले बताउनुभयो । ‘आफू बस्ने संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ’ –उहाँले भन्नुभयो । नेपाललाई नयाँ युगमा लैजाने संकल्पका साथ गठबन्धन निर्माण भएको उहाँले बताउनुभयो । आर्थिक समृद्धिको नयाँ यात्रा शुरू गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको उहाँको प्रस्ट्याइ छ ।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएर नयाँ इतिहास रच्ने उहाँले दाबी गर्नुभयो । ‘तनहुँवासीले नेता पौडेललाई बहुमतले जिताएर पठाए तनहुँले यस निर्वाचनपछि प्रधानमन्त्री पाउने पक्का रहेको छ । तनहुँले प्रधानमन्त्री पाएपछि छिमेकी जिल्लाको समेत उल्लेखनीय रूपमा विकास हुने विश्वास गर्न सकिन्छ,’ दाहालले भन्नुभयो– ‘पौडेललाई धेरै मत दिएर जिताउनुस् ।’
तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष दाहालले नेता पौडेल र जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताउनुभयो ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उहाँ देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको बताउनुभयो । जिल्लाको अधिकार आर्थिक क्रान्तिमा बाम लोकतान्त्रिक गठबन्धन अघि बढ्ने उहाँले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया