विश्र मधुमेह दिवसको अवसरमा एकसय ५० भन्दा बढीको निशुल्क सुगर परिक्षण
नुवाकोट । विश्व मधुमेह दिवसको अवसर पारेर नुवाकोटमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ मा रहेको सुलभ फार्मेसीले एकसय ५० जनाभन्दा बढीको निशुल्क सुगर जाँच गर्नुको साथै ३० जनाको आँखा परिक्षण गरेको छ ।
नुवाकोटमा पछिल्लो समय सुगरका विरामीको बढ्दो संख्यालाई मध्यनजर गरेर दिवसको अवसर पारेर निशुल्क सुगर जाँचको व्यवस्था गरिएको सुलभ फार्मेसीका संचालक निरज जिसीले जानकारी दिए ।
यस्तै मधुमेह दिवसकै अवसर पारेर फार्मेसीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रमको समते आयोजना गरेको छ । रत्तदान कार्यक्रममा ५० जना रत्तदाताहरुले रगत दान गरेका थिए ।
आम नागरिकहरुलाई आफ्नो स्वास्थ्यतर्फ सचेत गराउन आगमी दिनमा समेत निशुलक आँखा जाँचका साथै सुगर परिक्षणको व्यवस्था मिलाइने फार्मेसीका संचालक जिसीले बताए ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार सन् २०२१ मा मात्रै विश्वमा ६७ लाख मानिसको मधुमेहका कारण मृत्यु भएको छ । विश्वभर ५३ करोड ७० लाख मानिस मधुमेह पीडित रहेको संघले जनाएको छ ।
संसारमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत मधुमेहका कारणले हुने गरेको छ । चिकित्सकका अनुसार मधुमेहले रेटिनाको रक्त नसामा पनि असर गर्छ । कम शारिरीक परिश्रम, फास्टफुड, चिल्लो, गुलियो खानेकुराको बढी प्रयोग मोटोपना र तनावका कारण मधुमेह रोग बढ्दै गएको चिकित्सकको भनाई छ ।
मधुमेहको कारण मुटु, आँखा मिर्गौला तथा नसामा समेत असर गर्छ । मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ निको हुन समय लाग्ने, हातगोडा झमझमाउने, निदाउने वा गल्ने जस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया