नुवाकोटको पन्चकन्या गाउँपालिकामा आज सार्वजनिक विदा

विदुर खबर २०७९ कार्तिक २७ गते ११:४०

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

Advertisement

वडा नम्बर ३ मा रहेको पञ्चकन्या मन्दिरमा लाग्ने ‘पाँचकन्या मेला’को अवसरमा आइतबार स्थानीय पर्व बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले शुक्रबार जानकारी दिएका हुन् ।

‘मिति २०७९ कात्तिक २७ गते आइतबार यस गाउँपालिकाभर रहेका वित्तीय संस्था, सरकारी कार्यालय, संस्थागत तथा सामुदायिक विद्यालय, निजी प्रतिष्ठान, उद्योग, व्यवसाय तथा दैनिकरुपमा खुला रही व्यावसायिक कार्य गर्ने सम्पूर्ण निकायका लागि स्थानीय पर्व बिदा प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ,’ सूचनामा भनिएको छ ।

Advertisement

पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि हरेक वर्ष मार्ग कृष्ण चतुर्थी र पञ्चमीको तिथिमा भव्य मेला लाग्ने गर्दछ । चतुर्थीका दिन स्थानीय झाँक्री नाँच, मन्दिरमा पूजापाठ, बत्ति बाल्ने, सांगीतिक कार्यक्रम र दोस्रो दिन पञ्चमीमा बलि चढाइने चलन छ । मन्दिरमा पूजापाठ र भाकल गरेमा भलो हुने र मन चिताएको पुग्ने स्थानीयको विश्वास छ ।

प्रतिक्रिया